रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्दैन, आन्तरिक उत्पादन बढाऔँ, कृषि क्षेत्र सुधारौँ : गगन थापा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

36
Share
Featured

काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।

उनले रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चितस्तरभन्दा माथि उठ्न नसक्ने बताए।

उनले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए।

उनले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गरे।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...