अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

22
Share
Featured

काठमाडौँ

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेकका अवस्थामा नयाँ सामग्री खरिद नगर्न सबै निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय तथा प्रदेश सरकारलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

परिपत्रमा मौजुदा औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई चालु अवस्थामा राखेर प्रयोग गर्न आग्रह गरिएको छ। अत्यावश्यक नपरी नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।

सरकारले अनावश्यक खर्च घटाउँदै वित्तीय अनुशासन कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ। सबै तहका सरकारी निकायलाई उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न समेत निर्देशन दिइएको छ।

यो समाचारमा

काठमाडौँप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...