काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्ने ठोस आधार नरहेको बताएका हुन्।
शाहीले विगत ३५ वर्षमा देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिविरुद्ध जनताले मतदान गरेको उल्लेख गर्दै अहिलेको जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले देशलाई अगाडि बढाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनका अनुसार प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी भई प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने हो, तर राजीनामाको मागभन्दा पनि जिम्मेवारी निर्वाहमा ध्यान दिनुपर्ने अवस्था छ। शाहीले संसद् जनताको आवाज बोल्ने सर्वोच्च मञ्च भएकाले यसलाई सम्मान गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन्।