हर्क साम्पाङको कडा प्रहार: 'सदनमा जवाफ दिन नसक्नेले लिपुलेक फर्काउँछ?

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

30
Share
Featured
  • अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्का प्रश्नहरूबाट भागेको भन्दै 'डरपोक' को संज्ञा दिएका छन्।

  • संसद्मा नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएकोमा साम्पाङले कडा आपत्ति जनाएका छन्।

  • सदनमा एक मिनेटको दूरी तय गर्न नसक्नेले लिपुलेक फर्काउने कुरा गर्नु 'हाँसउठ्दो मजाक' भएको उनको टिप्पणी छ।

  • प्रधानमन्त्रीको बचाउमा भइरहेका प्रचारलाई उनले 'एआई मिडिया ट्रायल' को नाम दिएका छन्।

  • साम्पाङले प्रधानमन्त्रीलाई आफ्नो जिम्मेवारीबाट नभाग्न र संसद्प्रति उत्तरदायी हुन चुनौती दिएका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। ०१ जेठ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै साम्पाङले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन उपस्थित नभएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन्।

उनले प्रधानमन्त्रीलाई सदनबाट भागेको आरोप लगाउँदै लेखेका छन्, "जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन।" साम्पाङले संसद्को रोस्टममा उभिएर उत्तर दिन नसक्नेले कालापानी र लिपुलेक जस्ता गम्भीर विषय सुल्झाउन नसक्ने टिप्पणी गरेका छन्। उनले यसअघि पनि संसद्मा अनुपस्थित हुने विषयलाई लिएर "आफ्नो विवाहमा अरूलाई बेहुलो बनाउन मिल्दैन" भन्दै व्यङ्ग्य गरेका थिए।

यो समाचारमा

हर्कराज साम्पाङ राईबालेन्द्र शाह (बालेन)काठमाडौँश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...