सिन्धुली हिरासत मृत्युबारे छानबिन प्रतिवेदन सार्वजनिक, प्रहरीलाई कारबाही सिफारिस

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

23
Share
Featured
  • सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमा श्रीकृष्ण बिकको मृत्युबारे छानबिन प्रतिवेदन बुझाइएको छ।
  • प्रतिवेदनले उनको मृत्यु झुन्डिएर भएको निष्कर्ष निकालेको र शरीरमा चोटपटक नदेखिएको जनाएको छ।
  • इन्स्पेक्टर वसन्त भुजेलसहित ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो।

समितिले मृतक श्रीकृष्ण बिकको मृत्यु झुन्डिएर भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार उनको शरीरमा कुनै चोटपटक वा निलडाम नदेखिएको र पोस्टमार्टम रिपोर्टले पनि झुन्डिएर मृत्यु भएको पुष्टि गरेको बताइएको छ।

वैशाख ३ गते पक्राउ परेका २३ वर्षीय बिकलाई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो। वैशाख ७ गते साँझ उनी शौचालयमा आफ्नै कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

प्रतिवेदनले इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर वसन्त भुजेलसहित हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। साथै, हिरासतभित्र यस्ता घटना रोक्न सुरक्षा व्यवस्था सुधार गर्न र मानव अधिकारको संरक्षण मजबुत बनाउन पनि सुझाव दिइएको छ।

यो समाचारमा

सिन्धुलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...