प्रधानमन्त्री अनुपस्थितिमै प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

20
Share
Featured
  • प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमै सुरु भएको छ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद्मा आपत्ति जनाएका थिए, जसका कारण बुधबारको बैठक अवरुद्ध भएको थियो।
  • सांसदहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै सरकारको शासन प्रणालीबारे प्रश्न उठाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधिसभामा छलफल अघि बढाइएको हो।

यसअघि बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम सदनमा टेबल गरेका थिए। तर प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले आपत्ति जनाएपछि बैठक अवरुद्ध भएको थियो।

बुधबार साँझ सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका भए पनि बिहीबारको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित रहेपछि छलफल अघि बढाइएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै शासन प्रणालीप्रति प्रश्न उठाएका छन्। उनीहरूले नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्तावसमेत दर्ता गरेका छन्।

यसैबीच, नेपाली काँग्रेसका निश्कल राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ऐन बहादुर महर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवराज दुलाललगायत सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको हो भन्ने प्रश्न उठाएका छन्।

यो समाचारमा

प्रतिनिधि सभारामचन्द्र पौडेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
बालेन्द्र शाह (बालेन)13 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...