प्रधानमन्त्री अनुपस्थित भए सदन बहिस्कार गर्ने सांसद आर्यन राईको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

17
Share
Featured

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भए सदन बहिस्कार गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै यस्तो अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन्।

सांसद राईले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै संसदमा उठ्ने जनताका प्रश्नहरू प्रधानमन्त्रीले सुन्नुपर्ने बताए। उनले सांसदहरूको भूमिका व्यक्तिगत विषय उठाउने नभई जनताका मुद्दा प्रस्तुत गर्ने भएकाले सरकार त्यसप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)श्रम संस्कृति पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...