प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

22
Share
Featured

काठमाडौँ

सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरवारस्थित संसद सचिवालयमा आयोजित विशेष समारोहमा उनले प्रतिनिधि सभाका सचिवका रूपमा शपथ लिएका हुन्।

अधिकारीलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका हुन्।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। यसअघि सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त रहेको स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए।

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनका सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त तथा पदमुक्त गर्ने प्रावधान रहेको छ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँसिंहदरवारडोल प्रसाद अर्याल
सङ्खुवासभा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...