सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको रु ३ लाख २ हजार नाघ्यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

23
Share
Featured

काठमाडौँ

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला रु ३०० र चाँदी रु ३५ ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ५०० कायम भएको छ भने चाँदी प्रतितोला रु पाँच हजार ७४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो।

यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ कायम भएको थियो। अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार बढ्दो क्रममा रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० अमेरिकी डलर तथा चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...