गगनजी! नेता बन्न हतार भयो भन्दैमा विधान मिच्न पाइन्न : प्रकाशमान सिंह

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

25
Share
Featured

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधान मिच्न नपाइने टिप्पणी गरेका छन्।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन्। नेता सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए।

उनले देशमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न थापालाई आग्रह गरे। उनले विधि र विधानमा मिचेर पार्टीलाई कमजोर बनाउने काम टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।

सिंहले भने, ‘नेपाली काँग्रेस  लोकतान्त्रिक पार्टी हो। यो पार्टीमा कसैलाई नेतृत्व लिन हतार भयो भन्दैमा विधान मिच्न पाइँदैन। अहिले विधि विधान मिचेर पार्टीलाई कमजोर बनाउने काम हामीले टुलुटुलु हेरेर बस्नुपर्ने?’

नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए। 

यो समाचारमा

गगन थापाकाठमाडौँप्रकाशमान सिंहनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...