राजनीतिमा संलग्न कर्मचारीलाई सरकारको खबरदारी !

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

34
Share
Featured
  • सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएको छ।
  • राजनीतिक दलको सदस्यता लिने, सक्रिय राजनीति गर्ने वा निर्वाचनमा उम्मेदवार बनेका कर्मचारीलाई सेवाबाट हटाउन सकिने मन्त्रालयले जनाएको छ।
  • मन्त्रालयले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ र निष्पक्ष राख्न कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै राजनीतिमा लागेका कर्मचारीलाई सेवाबाट हटाउन सकिने स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ङ) बमोजिम कर्मचारीले राजनीतिक दल वा त्यसका भ्रातृ सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ।

नेपालको संविधान र कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने परिकल्पना गरेको उल्लेख गर्दै मन्त्रालयले अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। राजनीतिक दलसँग आबद्ध भई सङ्गठनको सदस्यता लिने वा सक्रिय राजनीति गर्ने कर्मचारीमाथि कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।


यो समाचारमा

काठमाडौँसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...