बादलका ‘असंसदीय’ तीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

27
Share
Featured


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राम बहादुर थापा (बादल) ले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेका केही अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ।

मंगलबारको संसद् बैठकमा सम्बोधनका क्रममा थापाले प्रयोग गरेका शब्दहरू असंसदीय भएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार ती अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालका अनुसार ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ भन्ने अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाइएको छ।

एमाले प्रमुख सचेतक ऐन महरले कुन–कुन शब्द हटाइएको हो भन्ने जानकारी माग गरेपछि सभामुखले बैठकमै उक्त विवरण सार्वजनिक गरेका थिए।

यसैबीच एमाले सांसद गुरु बरालले भने बादलका अभिव्यक्ति मात्र हटाएर एकपक्षीय व्यवहार गरिएको भन्दै अन्य सांसदहरूले प्रयोग गरेका अमर्यादित शब्दहरू पनि हटाउन माग गरेका छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँराम बहादुर थापा (बादल)प्रतिनिधि सभा
डोल प्रसाद अर्याल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...