आइओएमको दाबी: ४१ लाख सुडानी शरणार्थी मूल थातथलोमा फर्किए

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

22
Share
Featured

काठमाडौँ

द्वन्द्वका कारण विस्थापित भएका करिब ४१ लाख सुडानी नागरिक आफ्नो मूल थातथलोमा फर्किएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले जनाएको छ। आइओएमले सुडानभित्र तथा बाहिरबाट फर्कनेहरूको संख्या निरन्तर बढिरहेको उल्लेख गरेको छ।

सुडानका लागि आइओएमका मिसन प्रमुख मोहम्मद रेफाटका अनुसार स्वैच्छिक रूपमा फर्कनेको संख्या ८० प्रतिशतभन्दा बढी पुगेको छ। फर्किएकाहरू सुडानभित्रैका साथै अन्य नौ वटा मुलुकबाट समेत आफ्नो घर फर्किएको उनले बताएका छन्। यसले सुडानको सुरक्षा अवस्थाबारे केही सुधार भएको संकेत दिएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले पनि स्वैच्छिक फिर्ती दर बढ्दै जानु सकारात्मक संकेत भए पनि फर्केकाहरूले कठिन अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। अधिकांश क्षेत्रहरूमा आधारभूत सेवाहरू ध्वस्त भएको र पूर्वाधार क्षतिग्रस्त रहेको उल्लेख गरिएको छ।

खार्तुमसहित विभिन्न क्षेत्रमा युद्धका कारण करिब ७० प्रतिशत घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन्। फर्कने क्षेत्रहरूमा विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षा सेवाको गम्भीर अभाव रहेको जनाइएको छ।

यो समाचारमा

काठमाडौँसुडान

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...