महान्यायाधिवक्तालाई अभियन्ता बिकको पत्र- "गम्भीर अपराधमा राज्य पक्ष कमजोर नदेखीयोस् ''

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

27
Share
Featured
  • अभियन्ता किरण बिकले “होप फर्टिलिटी” डिम्ब व्यापार प्रकरणको मुद्दा फिर्ता लिने निर्णय खारेज गर्न महान्यायाधिवक्ताको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
  • उनले मानव बेचबिखन, अवैध प्रजनन कारोबार र महिलामाथिको शोषणजस्तो गम्भीर अपराधमा राज्य पक्ष कमजोर बनेको भन्दै तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालको निर्णयप्रति आपत्ति जनाएका छन्।
  • महान्यायाधिवक्ता नारायण दत्त कंडेलले कार्यालयले यस विषयमा अध्ययन गरिरहेको बताएका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

अभियन्ता किरण बिकले होप फर्टिलिटी सँग सम्बन्धित डिम्ब व्यापार प्रकरणको मुद्दा फिर्ता लिने निर्णय खारेज गरी पुनः अभियोजन प्रक्रिया अघि बढाउन माग गरेका छन्। 

मंगलबार महान्यायाधिवक्ताको कार्यालय पुगेर उनले यस विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। 

बिकले मानव बेचबिखन, अवैध प्रजनन कारोबार र महिलामाथिको शोषणजस्तो गम्भीर अपराधमा राज्य पक्ष कमजोर देखिएको भन्दै आपत्ति जनाएका छन्। नेपाल प्रहरीले छापा मारेर चिकित्सकसहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा दर्ता भइसकेको अवस्थामा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले मुद्दा फिर्ता लिने निर्णय गर्नु न्यायिक प्रक्रिया र पीडितको अधिकारमाथिको आघात भएको उनको दाबी छ।

उनले मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गरी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्। ध्यानाकर्षण पत्र बुझ्दै महान्यायाधिवक्ता नारायण दत्त कंडेलले यस विषयमा कार्यालयले अध्ययन गरिरहेको जानकारी दिएका छन्।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...