नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्री डा. वाग्लेले दिने ।

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

28
Share
Featured

काठमाडौँ

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ अब अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। यसअघि यस्ता छलफलपछि प्रधानमन्त्रीले नै जवाफ दिने परम्परा रहँदै आएको थियो।

तर यस पटक प्रधानमन्त्रीले जवाफ नदिई अर्थमन्त्रीले दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यस विषयमा सहमतिमै निर्णय गरिएको हो।

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने प्रधानमन्त्रीले जवाफ दिने उल्लेख गरिएको थियो। तर पछि कार्यसूची परिवर्तन गरी अर्थमन्त्रीले जवाफ दिने व्यवस्था मिलाइएको हो।

वैशाख २८ गते बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्लेरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...