डा. शेखर कोइरालाद्वारा केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, एकतामा ठेस पुगेको टिप्पणी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन्।

उनले पार्टीभित्र बिना परामर्श गरिएको निर्णयले आन्तरिक एकता कमजोर बनाएको टिप्पणी गरेका छन्। कोइरालाले संविधानवाद र लोकतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेका बेला कांग्रेसभित्र गुट–उपगुटको विभाजन देखिनु उदेकलाग्दो अवस्था भएको बताएका छन्।

उनका अनुसार यस्तो अवस्थाको अन्त्य जति छिटो हुन्छ, त्यति नै लोकतान्त्रिक प्रणालीले आफ्नो मौलिक मूल्य पुनः स्थापित गर्न सक्छ। उनले पपुलिज्मका नाममा पार्टीका आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहेको समेत उल्लेख गरेका छन्।

कोइरालाले कांग्रेससँग आबद्ध हजारौँ युवा, संघर्षशील तथा त्यागी कार्यकर्ताको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई भावनात्मक एकताले मात्र सुनिश्चित गर्न सकिने बताएका छन्।

यो समाचारमा

काठमाडौँडॉ. शेखर कोईरालानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...