युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

18
Share
Featured

एजेन्सी– इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने, ‘हामीले कुनै छुटको माग गरेका छैनौँ । हामीले इरानको वैधानिक अधिकारका लागि मात्र माग गरेका छौँ ।’ 

उनले इरानको मागमा ‘यस क्षेत्रमा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने’ र ‘वर्षौंदेखि विदेशी बैंकमा अन्यायपूर्वक फसेको इरानी जनताको सम्पत्ति रिहाइ’ समावेश रहेको बताए। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमाथि इरानले दिएको प्रतिक्रियालाई अस्वीकार गरेको बताए । 

बकाईले खाडीमा जारी तनावलाई औँल्याउँदै भने, ‘तेहरानले युरोपेली देशहरूलाई कसैलाई पनि फाइदा नहुने संकटमा संलग्न नहुन चेतावनी दिएको छ । उनले भने, ‘स्ट्रेट अफ हर्मुज’मा कुनै पनि प्रकारको हस्तक्षेपले स्थितिलाई थप जटिल बनाउनेछ ।’

 बेलायत र फ्रान्सले स्ट्रेट अफ हर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन्, तर यो अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि मात्र हुने बताइएको छ ।

 शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले रोमको दुई दिने भ्रमण सकिएपछि युरोपेलीहरूलाई प्रमुख जलमार्ग सुरक्षित गर्न मद्दत गर्न आग्रह गरे ।

सोमबार पत्रकारहरूसँगको कुराकानीका क्रममा बकाईले खाडीमा कथित तेल चुहावटको दावीलाई अस्वीकार गरेपछि भू–उपग्रह लिइएका तस्बिरहरूमा इरानको खार्ग टापुको तटमा तेलको थोपा फैलिएको देखिएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...