प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फिर्ता पठाउन कांग्रेसको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा समितिमै फिर्ता पठाउन माग गरेका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नियमावलीमा संविधान र विद्यमान कानुनसँग बाझिने प्रावधान रहेको भन्दै पुनः परिमार्जन आवश्यक रहेको बताएका हुन्।

राईले नियमावलीलाई संसद् बैठकमा टेबुल नगरी समितिमा नै फिर्ता पठाएर पुनर्लेखन गर्नुपर्ने माग गरे। उनका अनुसार प्रस्तावित व्यवस्थामा केही विवादित प्रावधानहरू रहेका छन्, जसले अन्य कानुनसँग टकराव उत्पन्न गर्ने जोखिम देखिन्छ।

उनले यस्तो अवस्थामा नियमावलीलाई यथास्थितिमा अघि बढाउन नहुने भन्दै सम्बन्धित समितिले पुनः अध्ययन र संशोधन गरेर मात्र संसद्मा ल्याउनुपर्ने धारणा राखेका छन्।

यो समाचारमा

नेपाली काँग्रेसनिश्कल राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...