निर्वाचन हारपछि एमालेभित्र अन्योल, नेता मौन र कार्यकर्ता निराश

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

25
Share
Featured
  • फागुन २१ को निर्वाचनमा कमजोर प्रदर्शनपछि नेकपा एमाले संसदीय रूपमा तेस्रो दलमा सीमित हुँदै ‘गुमनाम’ अवस्थामा पुगेको छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, नेतृत्व विवाद र बैठक नबस्दा संगठनात्मक गतिविधि र समीक्षा प्रक्रिया प्रभावित भएको छ।
  • युवापुस्ताको असन्तोष, विशेष महाधिवेशनको माग र आन्तरिक मतभेदले एमालेभित्र अन्योल र किचलो बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाली राजनीतिमा कमजोर र ‘गुमनाम’ अवस्थामा पुगेको देखिएको छ।

जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले फागुन २१ गते सम्पन्न निर्वाचनमा लज्जास्पद हार बेहोर्दै तेस्रो दलमा सीमित भएपछि पार्टी गतिविधि शिथिल बनेको हो।

निर्वाचनमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले केवल २५ सिटमा सीमित बनेको थियो। परिणाम सार्वजनिक भए लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्नु, पार्टीभित्र आन्दोलनप्रतिको दृष्टिकोणमा विभाजन देखिनु तथा हारको जिम्मेवारी नलिनुले पार्टीभित्र अन्योल बढेको बिभिन्न नेताहरू बताउँछन्।

एमालेका एक केन्द्रीय सदस्यका अनुसार निर्वाचनपछि दुई महिना बितिसक्दा पनि ठोस समीक्षा हुन सकेको छैन।

उनले नेतृत्वको कमजोरी स्वीकार गर्न नसक्दा पार्टीभित्र समस्याहरू झन् गहिरिँदै गएको  पनि बताएका छन्।

एमाले सचिव भानुभक्त ढकालले भने पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण नियमित बैठक बस्न नसकेको बताएका छन्।

उनका अनुसार ओलीको उपचार र स्वास्थ्य लाभ चलिरहेको छ, जसका कारण संगठनात्मक गतिविधि प्रभावित भएको हो।

गत चैत १३ पछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा (बादल)ले सम्हालेका थिए। त्यसपछि केही बैठकहरू भए पनि पार्टीभित्र नेतृत्व चयन र नीतिगत विषयमा मतभेद देखिएको थियो। युवापुस्तालाई नेतृत्व दिनुपर्ने माग उठे पनि संसदीय दलको नेता थापा नै चयन गरिएपछि असन्तोष बढेको बताइएको छ।

पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहे पनि हाल एमाले नेताहरू सार्वजनिक रूपमा बोल्न चाहिरहेका छैनन्। एक सचिवालय सदस्यका अनुसार पार्टीभित्र स्पष्ट दिशा नहुँदा कार्यकर्ता समेत अन्योलमा छन्।

यसैबीच, केही युवा नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्। तर पार्टी नेतृत्वले हालसम्म औपचारिक बैठक बोलाउन सकेको छैन, जसले एमालेभित्रको अनिश्चितता अझै बढाएको विश्लेषण गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)राम बहादुर थापा (बादल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...