वैशाखभित्रै एसईई नतिजा सार्वजनिक हुने तयारी, बोर्ड अन्तिम चरणमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

38
Share
Featured

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनको तयारी तीव्र बनाएसँगै विद्यार्थीहरूले नतिजा हेर्न सक्ने विभिन्न माध्यमहरूको जानकारी पनि सार्वजनिक गरेको छ।

परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले कुनै प्राविधिक समस्या नआए अबको चार दिनभित्र अर्थात् वैशाख महिनाभित्रै नतिजा सार्वजनिक गरिने बताए। उनका अनुसार हाल नतिजा तयारीको अन्तिम चरणमा काम भइरहेको छ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी भएका थिए।

परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना सहभागी भएका थिए।

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...