अध्यादेशमार्फत संवैधानिक संस्था कमजोर बनाउने प्रयास भएको कांग्रेसको आरोप

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

29
Share
Featured
  • कांग्रेस उपसभापति पुष्पा भुसालले सरकारले अध्यादेशमार्फत संवैधानिक संस्थालाई कमजोर बनाउने र निजी स्वार्थका लागि प्रयोग गर्ने प्रयास गरेको आरोप लगाइन्।
  • उनले संसद् अधिवेशन रोक्दै अध्यादेश ल्याउनु सरकारको नियतमाथि प्रश्न उठाउने विषय भएको भन्दै संवैधानिक परिषद् र न्यायपालिकामाथि हस्तक्षेप भएको बताइन्।
  • एमाले नेता प्रदीप ज्ञवालीले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै संविधान संशोधन आवश्यक भए पनि सबै दलको सहमतिमा गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसाल (गौतम)ले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी निजी स्वार्थका लागि संवैधानिक संस्थालाई कमजोर बनाउने र ‘अपहरण’ गर्ने प्रयास गरेको आरोप लगाएकी छन्। राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्को अधिवेशन रोक्दै अध्यादेश ल्याउनु सरकारको नियतमाथि प्रश्न उठाउने विषय भएको बताइन्।

भुसालले विशेषगरी संवैधानिक परिषद् र न्यायपालिकासम्बन्धी प्रक्रियामा गरिएको हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै कार्यपालिकाले संवैधानिक संस्थामाथि नियन्त्रण बढाउने संकेत देखिएको टिप्पणी गरिन्। उनले सबै पक्षसँग छलफल गरी पारदर्शी प्रक्रियाबाट नियुक्ति गर्नुपर्नेमा अध्यादेशमार्फत संरचना कमजोर बनाइएको दाबी गरिन्।

उनले सरकारको कार्यशैलीलाई लिएर आगामी दिनमा पनि सत्ता स्वार्थअनुसार अध्यादेशको प्रयोग गरी संविधानलाई थप कमजोर बनाउन सक्ने आशंका व्यक्त गरिन्। साथै, संविधान संशोधनको चर्चा गर्नुअघि सरकार आफैँले संविधानप्रति प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवालीले भने वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख देखिएको आरोप लगाए। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसबारे सत्तारूढ दलले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

ज्ञवालीले दुई तिहाइको बहुमतको आधारमा संविधानका आधारभूत संरचना कमजोर बनाउन नहुने भन्दै सबै राजनीतिक दलहरूलाई संवैधानिक मूल्य संरक्षणमा एकजुट हुन आग्रह गरे। साथै, देशको राष्ट्रियता संवेदनशील अवस्थामा रहेको भन्दै सरकारले एकलौटी निर्णय गर्दा लोकतान्त्रिक संस्थाको गरिमा घट्ने चेतावनी दिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)पुष्पा भुसाल (गौतम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...