फाइभ स्टार होटलमा सांसद प्रशिक्षणप्रति आशिका तामाङको आपत्ति, खर्च पारदर्शितामाथि प्रश्न

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

19
Share
Featured
  • रास्वपा सांसद आशिका तामाङले सांसदहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम फाइभ स्टार होटलमा गर्नु फजुल खर्च भएको भन्दै आपत्ति जनाइन्।
  • सिंहदरबारभित्र पर्याप्त सभाहल हुँदाहुँदै बाहिर महँगा होटल प्रयोग गर्नु आवश्यक नरहेको र त्यसको खर्चको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न उनले उठाइन्।
  • परिवर्तनको एजेन्डा बोकेका नयाँ शक्तिहरूले पुरानै खर्चिलो शैली दोहोर्याए नयाँ र पुरानामा फरक नहुने भन्दै उनले मितव्ययिता र जवाफदेहितामा जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा सञ्चालन गरिएको भन्दै आपत्ति जनाएकी छन्। उनले यस्तो कार्यक्रमका नाममा राज्यको स्रोतको दुरुपयोग भइरहेको भन्दै खर्च पारदर्शितामाथि प्रश्न उठाएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद तामाङले सिंहदरबारभित्र पर्याप्त सभाहल उपलब्ध हुँदाहुँदै बाहिर महँगा होटल वा अरू निकायसँग हल सापटी लिएर कार्यक्रम गर्नु आवश्यक नरहेको बताएकी छन्। उनले बाहिर कार्यक्रम गर्दा दैनिक कति खर्च हुन्छ र त्यसको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न पनि उठाएकी छन्।

उनले सांसदहरूलाई प्रशिक्षण दिन फाइभ स्टार होटल नै रोजिनुपर्ने कुनै बाध्यता नरहेको उल्लेख गर्दै सिंहदरबारकै पूर्वाधार प्रयोग गर्न सकिने धारणा राखिन्। यदि सुरक्षाको कारण देखाएर महँगा होटलमा कार्यक्रम गरिएको हो भने सांसदहरूलाई एक दिन मात्र सुरक्षा चाहिने हो र अन्य दिन किन नचाहिने भन्ने व्यङ्ग्यात्मक प्रश्न समेत उनले गरेकी छन्।

सांसद तामाङले परिवर्तनको एजेन्डा बोकेर आएका नयाँ राजनीतिक शक्तिहरू पुरानै शैली र प्रवृत्तिमा हिँड्न नहुने बताएकी छन्। आफूहरूले फजुल खर्च नगर्ने र मितव्ययी शासनको पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै व्यवहारमा भने पुरानै अभ्यास दोहोरिनु दुःखद भएको उनको भनाइ छ।

‘हामी आफैँ परिवर्तनको पक्षमा उभिएको भन्दै बोलिरहँदा व्यवहारमा भने उही पुरानै शैली दोहोरियो भने नयाँ र पुरानामा के फरक रह्यो ?’ भन्दै उनले राज्य सञ्चालनमा मितव्ययिता र जवाफदेहिताको आवश्यकता औँल्याएकी छन्।

यो समाचारमा

काठमाडौँफेसबुकआशिका तामाङराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...