विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा प्रहरी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

13
Share
Featured

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले  यसवर्षको मनसुन आगामी जेठ १८ गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ।

आगामी असोज १४ सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ।

 मनसुनजन्य विपद्का कारण मुलुकमा बर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपद्को वार्षिक आँकडाका आधारमा सबैभन्दा बढी विपद्का घटना र क्षति तथा नोक्सानी मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ।

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपद्बाट मुलुकभर तीन हजार ७४ जनाको मृत्यु भएको छ। ती घटनामा परी पाँच सय दुई जना बेपत्ता, चार हजार ७६९ जना घाइते तथा ३३ हजार १९८ घरपरिवार प्रभावित भएका छन्।

 गतवर्ष मात्रै बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट एक सय ४० जनाको मृत्यु, ३० बेपत्ता, तीन सय घाइते तथा पाँच हजार ९९५ परिवार प्रभावित भएका थिए। जटिल भू–संरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण नेपाल बहुप्रकोपको उच्च जोखिममा छ।

 मनसुनजन्य विपद्को जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

कार्ययोजनाको मस्यौदालाई पूर्णता दिन आगामी सोमवार सरोकार भएकाहरूसँग छलफल गर्न लागिएको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिए।

 मनसुनजन्य विपद्सँग जुध्न नेपाल प्रहरीसहितका सुरक्षा सङ्गठनले पूर्वतयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद् प्रतिकार्यका लागि पूर्वतयारीका सम्पूर्ण कार्य भइसकेको बताए।

 “विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न दक्ष र स्रोतसाधनयुक्त प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ। पहिरो जाने सम्भावित क्षेत्रको पहिचान गरिएको छ। विपद्बाट राष्ट्रिय राजमार्ग अवरोध नहोस् भनेर सतर्कता अपनाएका छौँ”, उहाँले भने।

यो समाचारमा

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाठमाडौँजल तथा मौसम विज्ञान विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस

    काठमाडौँ। एउटा यस्तो जघन्य अपराध, जसले सिङ्गो देशलाई जुरुक्कै ब्युँझाायो र नेपालको अनुसन्धान प्रणाली एवं न्याय व्यवस्थामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदियो— कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण। घटना भएको ७ वर्षभन्दा बढी समय बितिसक्दा पनि सामाजिक सञ्जाल र जनमानसमा आज पनि एउटै आवाज गुन्जिरहेको छ: निर्मलाले न्याय कहिले

    Data is loading...

    Loading brands...

    Loading footer...