सम्झनामा त्यो कालो रात: नारायणहिटीको मौन चीत्कार !

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

47
Share4
Featured

मनु -

हरेक शुक्रबार राति नारायणहिटी दरबारको त्रिभुवन सदनमा झिलिमिली बत्ती बल्थ्यो। राजपरिवारको साप्ताहिक जमघट,सुख- दु:ख र भोज। तर त्यहि रात कहिले नबिउंतिने नरसंहार बन्न पुग्यो ।  मध्यरात टहलिन नपाउँदै बन्दुकका आवाजले ती झिलिमिली बत्तिहरु सधैंका लागि निभेका थिए।

के थियो घट्ना?

विसं २०५८ साल जेठ १९ गते, शुक्रबार। यो एक सामान्य  मिति मात्रै होइन, त्यो एउटा युगको अन्त्य भएको दिन हो । विभिन्न आधिकारिक स्रोतबाट आएका जानकारी अनुसार  दरबारभित्रको भोजमा सैन्य पोशाकमा आएका तत्कालीन युवराज दीपेन्द्र शाहले उक्त घट्ना घटाएको भन्ने बिषय आज सम्म बिबादास्पद नै छ । जब नारायणहिटि कसैले सोच्नै नसक्ने गरि  नरसंहार बन्न पुग्यो ,उक्त घट्नाले नेपालको राजतन्त्रको जग नै हल्लाइदियो।

उक्त दिन राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रदेखि रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, दिदी-बहिनी शान्ति, शारदा, जयन्ती, काका धीरेन्द्र र कुमार खड्गविक्रमसम्म - एउटै वंशका १० जना  एकै रात अन्त्य भए।

पुर्व राजापत्नी  कोमल शाह, दिदि शोभा शाही, गोरखशमशेर र केतकी चेस्टर भने घाइते भएर बाँचे। तर बाँचेर पनि त्यो रातको चीत्कार बोकेर बाँच्न बाध्य भए।

यता  सर्वोच्चका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको समितिले निष्कर्ष निकाल्यो कि  "युवराज दीपेन्द्रले रिसको झोकमा गोली चलाए, अनि आफैंले आफूलाई गोली हाने।" तर आज सम्म सत्य के हो-रहस्यमयी नै छ।

तर काठमाडौंका चोक-  चियापसलदेखि गाउँका चौतारा गल्लीसम्म मान्छेले अनेक कथा बुन्न थाले । आफ्नै परिवारलाई युवराजले कसरी गोली हान्न सक्छ? दरबारभित्रको सुरक्षा यति कमजोर त हुन नपर्ने हो! पोस्टमार्टम किन गोप्य राखियो?  जस्ता प्रश्नहरुको  चाङ लागिरहे । तर २५ वर्ष बितिसक्दा पनि  जवाफ अझै रहस्यको गर्भमै छ।

देशमा अचानक बदलाव ,राजा ज्ञानेन्द्रको शासन, माओवादी द्वन्द्व, १२ बुँदे सम्झौता   र गणतन्त्र दिवस सम्ममा आइपुगियो।

त्यो कालो रातको  एउटा गोलीले २ सय ४० वर्षे शाहवंशको गाथा टुंग्याइदियो। नारायणहिटी दरबार आज म्युजियम बनेको छ। त्रिभुवन सदनको त्यो कोठा आज पनि उस्तै छ, तर मौन छ । पर्खालले सुनेको त्यो रातको आवाज आजसम्म कसैले सुन्न सकेको छैन।

जनताको मनमा केही तुष अझै बाँकी रहेका छन्। एक त  गहिरो शोक,  अर्को शंका। शोक  - वीरेन्द्र जस्तो लोकप्रिय राजाको बंश बिनासका कारण , अनि शंका - वास्तविकताको लागि। 

संधै झैं  जेठ १९ आइरहन्छ । मैनबत्ती बालिन्छन्, मौनधारण हुन्छन्। तर त्यो मौनताभित्र हजारौं प्रश्न गुञ्जिन्छन्। दरबार हत्याकाण्ड एउटा घटनामात्रै नभएर आम जनमानसमा बल्झिरहने बेदना र छट्पटी बनेको छ । 

इतिहासले निष्कर्ष टुंग्याइसक्यो। तर जनताको चित्त अझै बुझ्न सकेको छैन। किनकि त्यो रात दरवारिया सङ्ग सङ्गै जनताको आत्मा र  विश्वास पनि मरेको थियो - दरबार सांचै सुरक्षित छ भन्ने विश्वास। र त्यो विश्वास आजसम्म फर्केर आउन सकेन।

इतिहासले निष्कर्ष टुंग्याइसक्यो। तर जनताको चित्त अझै बुझ्न सकेको छैन। किनकि त्यो रात दरवारिया सङ्ग सङ्गै जनताको आत्मा र  विश्वास पनि मरेको थियो - दरबार सांचै सुरक्षित छ भन्ने विश्वास। र त्यो विश्वास आजसम्म फर्केर आउन सकेन।

यो समाचारमा

रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाहनारायणहिटी दरबारगणतन्त्र दिवस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस

    काठमाडौँ। एउटा यस्तो जघन्य अपराध, जसले सिङ्गो देशलाई जुरुक्कै ब्युँझाायो र नेपालको अनुसन्धान प्रणाली एवं न्याय व्यवस्थामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदियो— कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण। घटना भएको ७ वर्षभन्दा बढी समय बितिसक्दा पनि सामाजिक सञ्जाल र जनमानसमा आज पनि एउटै आवाज गुन्जिरहेको छ: निर्मलाले न्याय कहिले

    Data is loading...

    Loading brands...

    Loading footer...