व्यवसायीमाथि धरपकड हुने हल्ला निराधार, आगामी बजेटसम्म धैर्य गर्न अर्थमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

13
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नरहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
  • सरकारले १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै निजी क्षेत्रलाई विकासको साझेदार भएको बताएका छन्।
  • सुशासन, आर्थिक पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटनलाई प्राथमिकतामा राख्दै सरकार व्यवसायीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको मन्त्री वाग्लेले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्न लागेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले व्यवसायीहरू सरकारको विकासका साझेदार भएको र उनीहरूलाई दुःख दिने कुनै मनसाय वा सूची सरकारसँग नरहेको बताएका हुन् ।

पछिल्लो समय व्यवसायीहरूमाझ व्याप्त त्रासलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भने, "व्यवसायीलाई थुन्ने वा दुःख दिने कुनै सूची सरकारले बनाएको छैन, तपाईंहरू हल्लाको पछि नलाग्नुस् । तपाईंहरू त सरकारको विकासका साझेदार हुनुहुन्छ, शत्रु होइन ।"

अर्थमन्त्रीले सरकारले १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको र यसमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । उनले सरकारका पाँच मुख्य प्राथमिकताहरू—सुशासन, अर्थतन्त्रको पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटनमार्फत 'सौम्य शक्ति' (Soft Power) विस्तारबारे व्यवसायीहरूलाई प्रस्ट पारेका थिए ।

छिमेकी मुलुक भारतको आर्थिक विकासको उदाहरण दिँदै डा. वाग्लेले सन् २०१४ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको आर्थिक सूचकहरू अहिलेको नेपालकै हाराहारीमा रहेको स्मरण गराए । "सही नेतृत्व र स्पष्ट नीतिका कारण आज भारतले विश्व अर्थतन्त्रमा ठुलो फड्को मारिसकेको छ, नेपाल पनि अब त्यही बाटोमा अघि बढ्छ," उनले दाबी गरे ।

अर्थतन्त्रको वर्तमान दिशा बदल्न सरकारले गृहकार्य गरिरहेको बताउँदै उनले आगामी बजेटसम्म धैर्य गर्न व्यवसायीहरूलाई आग्रह गरे । निजी क्षेत्रको सक्रिय सहभागिता र विश्वासबिना मुलुकमा आर्थिक समृद्धि सम्भव नभएको भन्दै उनले सरकार व्यवसायीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको दोहोर्‍याए ।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...