सुकुम्बासी समस्या समाधानका लागि सरकारले सुरु गर्दैछ 'एकीकृत डिजिटल लगत संकलन'

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

18
Share
Featured
  • सरकारले काठमाडौं उपत्यकामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पहिलोपटक एकीकृत डिजिटल लगत संकलन अभियान सुरु गर्ने तयारी गरेको छ।
  • लगत संकलनमा आवेदकलाई राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै परिचयपत्र नभएकामा वर्गीकरण गरिनेछ, साथै परिचयपत्र नभएकालाई होल्डिङ सेन्टरमै परिचयपत्र बनाइनेछ।
  • बायोमेट्रिक, फोटो, सामाजिक–आर्थिक अवस्था, आयस्रोत र सीपसम्बन्धी विवरण समेटिएको डिजिटल डाटा अन्य सरकारी प्रणालीसँग क्रस–जाँच गरी वास्तविक भूमिहीन पहिचान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहिलोपटक एकीकृत डिजिटल लगत संकलन अभियान सुरु गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयका अनुसार यस अभियानको तयारी अन्तिम चरणमा पुगेको छ।

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका ‘होल्डिङ सेन्टर’ र बाहिर बसोबास गरिरहेका भूमिहीनहरूको विस्तृत विवरण संकलन गरिनेछ। लगत संकलनलाई व्यवस्थित बनाउन आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचयपत्र नभएका गरी तीन समूहमा वर्गीकरण गरिनेछ। परिचयपत्र नभएकाहरूका लागि होल्डिङ सेन्टरमै तत्काल राष्ट्रिय परिचयपत्र बनाउने विशेष व्यवस्था समेत मिलाइने सरकारको योजना छ।

यस डिजिटल प्रणालीमा व्यक्तिगत र पारिवारिक विवरणका साथै सामाजिक–आर्थिक अवस्था, आयस्रोत र सीपसम्बन्धी अभिलेख समेत राखिनेछ। बायोमेट्रिक र फोटोसहित तयार हुने यो डेटालाई अन्य सरकारी प्रणालीसँग क्रस–जाँच गरेर वास्तविक भूमिहीनको पहिचान सुनिश्चित गरिने बताइएको छ। उपत्यकापछि यो प्रणाली क्रमशः अन्य जिल्लाहरूमा पनि विस्तार गरिने सरकारले जनाएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...