निवर्तमान सभापति देउवाको गृहप्रदेशमा कांग्रेसको प्रदेशस्तरीय भेला, सभापति थापाले सम्बोधन गर्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

13
Share
Featured

काठमाडौँ। विशेष महाधिवेशन गरेर जबर्जस्त हटाइएका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेपाली कांग्रेसले आज ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्दै छन् ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे धनगढी पुगिसकेका छन् । हिजो पत्रकार सम्मेलनमार्फत् सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।

‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले बताए ।

भेलामा सुदूरपश्चिम प्रदेश समितिका तथा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेश सभामा रहेका सांसदहरू, सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, पालिकामा विजयी भएका पार्टी सभापतिहरू, कैलाली जिल्लाका सबै पदाधिकारी, प्रतिनिधि सभा, क्षेत्रीय, प्रदेश तथा पालिका सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।

यो समाचारमा

काठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...