साङ्गीतिक सट फिल्म ‘कोठा’पछि निर्देशक भीष्म जोशी ले नयाँ फिल्म झ्याल सार्वजनिक गरेका छन्, जसमा प्रताप दास र समीक्षा दाहाल को स्वर रहेको छ।
फिल्मले कोभिड लकडाउनको पृष्ठभूमिमा दुई अपरिचित छिमेकीबीच झ्यालमार्फत विकसित हुने भावनात्मक सम्बन्ध र मानवीय संवेदनाको कथा प्रस्तुत गर्छ।
उषा रजक र अभिषेक फुयाँल को अभिनय रहेको फिल्मलाई दर्शकबाट रिलिजसँगै सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
समाचार सारांशGenerated using AI.
- कमल विश्वकर्मा
काठमाडौँ। साङ्गीतिक सट फिल्म ‘कोठा’को अपार सफलतापछि निर्देशक भीष्म जोशीले आफ्नो नयाँ मर्मस्पर्शी प्रस्तुति ‘झ्याल’ दर्शकमाझ ल्याएका छन् । शुक्रबार ‘आर्ट घर’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज भएको यस फिल्ममा चर्चित गायक प्रताप दास र गायिका समीक्षा दाहालको सुमधुर स्वर सजिएको छ ।
कोभिड लकडाउनको उकुसमुकुस र शून्यताको पृष्ठभूमिमा बुनिएको यो फिल्मले आमनेसामनेका झ्यालबाट जोडिएको दुई अपरिचित छिमेकीको अव्यक्त सम्बन्धको कथा भन्छ । ३८ वर्षीया एक्ली स्कुल शिक्षिका ‘ऋतु’ र २२ वर्षीय सङ्घर्षरत थिएटर कलाकार ‘मौसम’ले पारिपट्टिको झ्यालबाटै कसरी न्यानोपन, आशा र मानवीय संवेदना साटासाट गर्छन् भन्ने नै फिल्मको मुख्य आकर्षण हो ।
अभिनेत्री उषा रजक र अभिषेक फुयाँलले यी उमेर र परिस्थितिले फरक दुई पात्रको मनोविज्ञानलाई पर्दामा जीवन्त उतारेका छन् । भिडियोमा कथा, पटकथा र निर्देशन सम्हालेका भीष्म जोशी स्वयम्को पनि अभिनय देख्न सकिन्छ ।
‘आर्ट घर’को तेस्रो प्रस्तुतिको रूपमा बजारमा आएको यस फिल्ममा सुविन सेन्चुरीको सङ्गीत उत्पादन, नारायण जिसीको उत्कृष्ट छायाङ्कन र विकेन कार्कीको सम्पादन रहेको छ । अघिल्लो सिर्जना ‘कोठा’ जस्तै यस साङ्गीतिक सट फिल्म ‘झ्याल’ले पनि रिलिजसँगै दर्शकबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई