इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

20
Share
Featured

इलाम, २५ वैशाखः भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ ।

परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ । यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो । पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन सङ्कलन गरिएको थियो ।

भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए । तीमध्ये एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...