सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

15
Share
Featured

काठमाडौँ- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र बन्दीगृह सुन्धारा बाट फरार भएका एकजन कैदी ८ महिनापछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज उपनामका मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौं को २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि उनी केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा थिए ।

तर जेन-जी आन्दोलनका क्रममा उनी गत भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेर फेरि जेलमा पठाएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ

यो समाचारमा

खोटाङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...