अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

20
Share
Featured

दमौली– अर्थमन्त्री डा  स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ । उनको पहलमा वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवर लाई हस्तान्तरण गरे । स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार गर्न सहयोग पुग्ने शिक्षा अधिकृत कुँवरले बताए ।

स्थानीय तहमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको रास्वपा सभापति बास्तोलाले बताए ।

यो समाचारमा

स्वर्णिम वाग्लेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...