दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

13
Share
Featured

काठमाडौँ- नेपाली काँग्रेसका सभापति  गगन थापा जनादेशलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारलाई उसकाा सकारात्मक काममा अवरोध नगर्ने बताएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले गलत काममा दृढतापूर्वक खबरदारी गर्ने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै थापाले भने, ‘२१ फागुनको निर्वाचनमा रास्वपाले जबरजस्त जनमत प्राप्त गरेको छ। उहाँहरूकै नेतृत्वमा सरकार बनेको छ। त्यो जनादेशलाई सम्मान गर्ने हाम्रो जिम्मेवारी हो। संविधानले तोकेको सीमाभित्र बसेर सरकारले गर्ने सकारात्मक काममा कांग्रेसले कुनै अवरोध गर्दैन।’

विधिको शासन र बहुमतको भ्रमप्रति चेतावनी

थापाले सरकारलाई बहुमतको भ्रममा नरहन चेतावनी दिएका छन्। ‘प्रजातन्त्रको आधारभूत कुरा विधिको शासन हो। कानुनभन्दा माथि कोही हुँदैन। तर सरकार ठूलो भ्रममा देखिन्छ,’ उनले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि यही कुरा सम्झाएको स्मरण गर्दै उनले अहिलेको सरकारलाई पनि बहुमतले जे पनि गर्न पाइँदैन भन्ने स्पष्ट पारे।

थापाले २०७४ को दुईतिहाइको सरकारको अनुभव स्मरण गर्दै कुनै पनि सरकारले ‘जे पनि गर्न सकिन्छ’ भन्ने सोच राख्न नहुने चेतावनी दिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँगगन थापाराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...