प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन जालझेल गर्दै छन् : गगन थापा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

27
Share
Featured

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन्।

बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाशी बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको जिकिर समेत गरे।

संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सो खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाइ छ।

उनले प्रधानमन्त्री साहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धी कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताए। 

प्रधानमन्त्री शाहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा पार्टीलाई मान्य नहुने चेतावनीसमेत सभापति थापाले दिए।

यो समाचारमा

गगन थापाबालेन्द्र शाह (बालेन)काठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...