अध्यादेश र सुकुमबासी दमनविरुद्ध संसद्मा कडा आवाज उठाउने कांग्रेसको निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस संसदीय दलले सरकारले हालै जारी गरेका अध्यादेश र सुकुमबासीमाथि गरिएको बल प्रयोगको कडा विरोध गर्दै संसद्मा सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदमविरुद्ध कडा रूपमा प्रस्तुत हुने रणनीति तय गरेको हो।

संसदीय दलका नेता भीष्म राज आङदेम्बेको अध्यक्षता तथा सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णय गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा सरकारले संसद्लाई छल्दै अध्यादेश ल्याएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।

सरकारले संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी, विश्वविद्यालय लगायतका आठ वटा अध्यादेश जारी गरेको छ। कांग्रेसले सकारात्मक प्रावधानलाई समर्थन गर्ने भए पनि संसद्को अधिकार मिच्ने, मौलिक हक कुण्ठित गर्ने र संविधानविपरीतका प्रावधानविरुद्ध सदनमा सशक्त विरोध गर्ने जनाएको छ।

यसैगरी, सुकुमबासीमाथि गरिएको बल प्रयोगप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। बिना तयारी बस्ती हटाएर सुकुमबासीलाई कष्टकर अवस्थामा राखिएको भन्दै वास्तविक सुकुमबासीको पहिचान, सम्मानजनक स्थानान्तरण र पुनर्स्थापनाका लागि आवाज उठाउने निर्णय गरिएको छ।

बैठकले प्रतिनिधिसभा नियमावलीको प्रस्तावित मस्यौदामा रहेका केही प्रावधानहरू संविधानविपरीत रहेको भन्दै सच्याउनुपर्ने अडान पनि लिएको छ।

यो समाचारमा

काठमाडौँगगन थापाभीष्म राज आङदेम्बेनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...