संविधान संशोधनका लागि कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

13
Share
Featured

काठमाडौँ

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने भएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियालाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले परामर्श कार्यक्रम आयोजना गरेको हो।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्नेछ। छलफल आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यदलका सदस्य–सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी पूर्वमहान्यायाधिवक्ताहरूबाट संविधान संशोधनसम्बन्धी विभिन्न सुझाव संकलन गरिनेछ। उक्त सुझावहरू बहसपत्र तयार पार्न उपयोग गरिने बताइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...