काठमाडौँ
नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी तोलामा १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार भने चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। हाल १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावले नेपाली बजारमा सुन–चाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।