आधिकारिकता विवादपछि गगन–शेखरबीच पहिलो भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट टुङ्गिएपछि नेपाली काँग्रेसका सभापति गगन थापा र नेता डॉ. शेखर कोईरालाबीच पहिलो पटक भेटवार्ता भएको छ।

मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा करिब ४५ मिनेटसम्म भएको उक्त भेटमा पार्टीको आगामी रणनीति र विवादपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म दुवै नेताबीच कुराकानी भएको हो।

भेटमा के–कस्ता निष्कर्ष निस्किए भन्ने विषय भने सार्वजनिक गरिएको छैन। साथै, भेटमा भएका विस्तृत छलफलबारे आफूलाई जानकारी नभएको पनि थपलियाले बताएका छन्।

यसअघि सभापति थापाले वैशाख ६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। साथै, थापा र उपसभापति विश्वप्रकाश शर्मा आजै फेरि खड्कासँग छलफल गर्ने तयारीमा रहेका छन्।

यो समाचारमा

डॉ. शेखर कोईरालासर्वोच्च अदालतकाठमाडौँनेपाली काँग्रेस
गगन थापा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...