नयाँ दिल्लीमा १० दिने नेपाली कूटनीतिज्ञ प्रशिक्षण सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

15
Share
Featured

काठमाडौँ

भारतको नयाँ दिल्लीस्थित सुष्मा स्वराज विदेश सेवा संस्थान (एसएसआईएफएस) मा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष १० दिने प्रशिक्षण कोर्ष सुरु भएको छ ।

सो कार्यक्रमको उद्घाटन एसएसआईएफएसका डीन तथा राजदूत राज कुमार श्रीवास्तवले सोमबार गरेका हुन् । उक्त प्रशिक्षणमा नेपालका ३५ जना कूटनीतिज्ञहरूको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा बोल्दै राजदूत श्रीवास्तवले कूटनीतिक क्षेत्रको बदलिँदो आयाम, प्रभावकारी कूटनीतिक सञ्चार, लेखन सीप तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत पक्षबारे चर्चा गरे । उनले एसएसआईएफएसले कूटनीतिज्ञहरूको व्यवहारगत, कार्यगत र क्षेत्रगत क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

त्यस क्रममा उनले कौटिल्य दर्शनदेखि आधुनिक भारतीय विदेश नीतिका सिद्धान्तसम्मका विषयमा प्रकाश पारेका थिए । साथै ग्लोबल साउथ, अन्तर्राष्ट्रिय सहकार्य र भारतले सञ्चालन गरेका विभिन्न वैश्विक पहलहरूबारे पनि जानकारी दिएका थिए ।

नेपाली कूटनीतिज्ञहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित यो प्रशिक्षण उपयोगी हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...