निर्माण सामग्रीको मूल्यवृद्धि: माग पूरा नभए निर्माण ठप्प पार्ने व्यवसायीको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

19
Share
Featured
  • नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको अत्यधिक मूल्यवृद्धि समाधान नभए एक हप्ताभित्र देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।
  • महासंघले मूल्य समायोजन, ‘फोर्स मेजर’ घोषणा र लो बिडिङ तथा उपभोक्ता समितिमार्फत हुने कामजस्ता समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
  • माग सम्बोधन नभए आन्दोलन चर्काउने र सम्पूर्ण निर्माण कार्य बन्द हुने जिम्मेवारी सरकारकै हुने चेतावनी व्यवसायीहरूले दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकारी बेवास्ताका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै एक हप्ताभित्र माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले इन्धन र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले काम गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ। महासंघका अनुसार डिजेलको मूल्य १३९ रुपैयाँबाट बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिन लगायतका सामग्रीको मूल्य पनि दोब्बरभन्दा बढी बढेको छ।

महासंघले सिमेन्ट, फलाम तथा अन्य निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पुरानो दररेटमा काम गर्न असम्भव भएको भन्दै यस अवस्थालाई ‘फोर्स मेजर’ को रूपमा स्वीकार गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ।

चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म करिब २७ प्रतिशत मात्र भएको उल्लेख गर्दै महासंघले यसले निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्र नै संकटमा परेको जनाएको छ। साथै, सार्वजनिक खरिद ऐनका केही प्रावधान सकारात्मक भए पनि मुख्य समस्या समाधान गर्न नसकेको आरोप लगाइएको छ।

महासंघले ‘लो बिडिङ’, उपभोक्ता समितिमार्फत हुने निर्माण र मूल्य समायोजनजस्ता मुद्दा अझै समाधान नभएको भन्दै असन्तुष्टि जनाएको छ। साथै, निर्माण व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउ कार्य तत्काल रोक्न पनि माग गरेको छ।

महासंघका महासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरू घाटा बेहोर्न बाध्य भएको र काम गरे पनि नोक्सान, नगरे सरकारी कारबाहीको जोखिममा रहेको बताए।

महासंघले एक हप्ताभित्र माग पूरा नभए देशभरका निर्माण कार्य स्वतः ठप्प हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएको छ। साथै, आवश्यक परे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...