कांग्रेस बागमती संसदीय दल बैठक: सभामुख चयन र मन्त्रिमण्डल पुनर्गठनमा जोड

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

17
Share
Featured
  • नेपाली कांग्रेस बागमती संसदीय दलको बैठकमा सभामुख चयन वैशाखभित्र गर्ने सहमति भएको छ।
  • मन्त्रिपरिषद् पुनर्गठन र घटाउने जिम्मा इन्द्रबहादुर बानियाँ लाई दिइएको छ।
  • आगामी बजेटलाई जनमुखी बनाउन निर्वाचन क्षेत्र र भूगोल आधारित योजना छनोट गर्ने निर्णय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस
बागमती प्रदेश संसदीय दलको बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे महत्वपूर्ण छलफल भएको छ। सोमबार साँझ ललितपुर मा बसेको बैठकले वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालेको हो।

बैठकले पार्टी सभापति गगन थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग थप परामर्श गरेर सभामुख चयन प्रक्रिया टुंग्याउने निर्णय गरेको जनाएको छ। साथै, प्रशासनिक पुनर्संरचनालाई अन्तिम रूप दिँदै मन्त्रिमण्डल घटाउने निर्णयसमेत गरिएको छ।

संसदीय दलका सचिव मीन कृष्ण महर्जनका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी इन्द्र बहादुर बानियाँलाई दिइएको छ, जसलाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तथा योजना छनोट प्रक्रियालाई निर्वाचन क्षेत्र केन्द्रित बनाउने निर्णय पनि बैठकले गरेको छ। आयोजना छनोट गर्दा हचुवाको आधारमा नभई प्रदेशसभा सदस्यहरूको माग र भूगोलको आवश्यकता अनुसार प्राथमिकता दिने तयारी गरिएको छ।

बैठकले बजेटलाई जनमुखी र सन्तुलित बनाउन सम्बन्धित क्षेत्रका जनप्रतिनिधिको सुझाव र स्थानीय भूगोलको विशेषतालाई आधार बनाउने नीति लिएको छ। यसले विकास योजनाहरूलाई थप प्रभावकारी र आवश्यकता अनुसार बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, इन्द्रबहादुर बानियाँ माथि राजनीतिक पूर्वाग्रहका आधारमा अनुसन्धानको नाममा सामाजिक प्रतिष्ठामा आघात पुर्‍याइएको दाबी पनि बैठकले गरेको छ। तथापि, संविधान र कानुनअनुसार हुने अनुसन्धान प्रक्रियामा सहयोग गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसइन्द्र बहादुर बानियाँमीन कृष्ण महर्जन
बागमती प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...