सुकुमबासी व्यवस्थापन र राहतमा सरकारलाई दबाब दिने कांग्रेसको निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

12
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले सुकुमबासी बस्तीबाट विस्थापित भई होल्डिङ सेन्टर र अस्थायी आश्रयस्थलमा राखिएका नागरिकहरूको अवस्था कष्टकर र अमानवीय रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विस्थापितहरूको मानव अधिकार संरक्षण र आधारभूत आवश्यकता सुनिश्चित गर्न चार बुँदे विशेष निर्णय गरेको हो ।

बैठकले होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको स्वास्थ्य, खाद्यान्न, खानेपानी र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत अध्ययन गर्न तत्काल विशेष अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ । उक्त टोलीले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाउने र त्यसका आधारमा थप कदम चालिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले राज्यले आफ्नै नागरिकलाई आश्रयविहीन बनाएर कैदीसरह राख्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको ठहर गर्दै तत्काल वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित र दीर्घकालीन आवासमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरी, विस्थापित नागरिकको राहतका लागि पार्टीका सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधि लगायतका सामग्री उपलब्ध गराउन सक्रिय हुन निर्देशन दिइएको छ । कांग्रेसले संसद् र सडक दुवै माध्यमबाट सरकारमाथि दबाब सिर्जना गर्ने तथा अमानवीय व्यवहारविरुद्ध कानुनी र नीतिगत पैरवी गर्ने निर्णयसमेत गरेको छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...