कम्बोडियामा स्क्यामिङविरुद्ध कडा कानुन, नेपाली दूतावासको जरुरी सूचना

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

14
Share
Featured

काठमाडौँ

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायतका अवैध गतिविधि नियन्त्रण गर्न कडा कानुन लागू गरेको छ। नयाँ कानुनअनुसार त्यस्ता अन्तरदेशीय अपराधमा संलग्न हुनेलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ।

कम्बोडिया सरकारले हालैदेखि उक्त कानुन कार्यान्वयनमा ल्याउँदै अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने र त्यहाँ संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ। यसै सन्दर्भमा बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकहरूका लागि जरुरी सूचना जारी गरेको हो।

दूतावासले पर्यटक भिसामा गई अवैध रूपमा रोजगारी गर्ने तथा स्क्यामिङ केन्द्रहरूमा संलग्न हुने नेपालीहरूलाई तत्काल त्यस्ता गतिविधि बन्द गरी स्वदेश फर्कन आग्रह गरेको छ। प्रलोभनमा परी त्यहाँ पुगेका नेपालीहरू समस्यामा परेको भन्दै दूतावासले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिन र आधिकारिक माध्यम प्रयोग गर्न पनि अनुरोध गरेको छ।

यो समाचारमा

काठमाडौँकम्बोडिया

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...