सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्ने सरकारको प्रतिबद्धता : प्रवक्ता पोखरेल

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

13
Share
Featured

काठमाडौँ

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले विवादित क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री पोखरेलका अनुसार सीमा विवादका विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै आवश्यक कूटनीतिक नोट जारी गरिसकेको छ। उक्त नोटको जवाफमा भारत सरकारले पनि संवाद र सहकार्यमार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको उनले जानकारी दिए।

उनले दुई देशबीचको आपसी समझदारी र कूटनीतिक प्रक्रियाबाटै सीमा विवादको समाधान खोजिने स्पष्ट पारे। सरकारले शान्तिपूर्ण संवादमार्फत दीर्घकालीन समाधान निकाल्ने प्रयास जारी राख्ने उनको भनाइ छ।

यो समाचारमा

काठमाडौँभारतसस्मित पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...