काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूर्ण रूपमा पूरा नभएको बताएका छन्। आइतबार मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले समाजवादको यात्रालाई अघि बढाउन सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
दाहालले विभिन्न कम्युनिस्ट समूहलाई एकताबद्ध गर्दै समाजवादको नयाँ यात्रा सुरु गर्न नेकपा गठन गरिएको बताए। उनले बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एउटै धारमा ल्याउने प्रयास जारी रहने उल्लेख गरे।
उनका अनुसार देशमा प्राप्त उपलब्धिलाई अझ संस्थागत गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक दललाई समेटेर अघि बढ्न आवश्यक छ। समाजवादतर्फको यात्रालाई सफल बनाउन सहकार्य र एकता अपरिहार्य रहेको उनले बताएका छन्।