रसुवागढी नाका हुँदै मानसरोवर तीर्थयात्रा सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

16
Share
Featured

काठमाडौँ

नेपालचीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ। यस वर्षको यात्रायाममा तीर्थयात्रीहरू क्रमशः चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गर्न थालेका छन्।

अध्यागमन कार्यालय टिमुरेका अनुसार हालसम्म करिब तीन सय तीर्थयात्री मानसरोवर यात्राका लागि प्रस्थान गरिसकेका छन्। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारत, रूस र बेलायतका नागरिकसमेत उक्त धार्मिक यात्रामा सहभागी भएका छन्।

गत वर्ष रसुवागढी नाका हुँदै कुल ११ हजार ३८१ तीर्थयात्री मानसरोवर तथा कैलाश पर्वत पुगेको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ। यस वर्ष पनि यात्रुहरूको आगमन बढ्ने अनुमान गरिएको छ।

यात्रु आवागमन बढेसँगै भिसा शुल्कमार्फत हुने राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्र करिब ३० लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ भने गत वर्ष कुल ११ लाख २८ हजार २५० रुपैयाँ संकलन भएको थियो।

हिन्दू, बौद्ध तथा बोन धर्मावलम्बीका लागि मानसरोवर र कैलाश पर्वतलाई अत्यन्त पवित्र तीर्थस्थलका रूपमा लिइन्छ।

यो समाचारमा

चीनकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...