भू–अभिलेख प्रणालीमार्फत वास्तविक सुकुमबासी पहिचान सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

16
Share
Featured
  • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासी पहिचान गर्ने परीक्षण सुरु।
  • दाबी गरिएका सुकुमबासीको नाममा देशभर जग्गा भए/नभएको डिजिटल रूपमा जाँच गरिँदै, पहिलो चरण काठमाडौँ उपत्यकामा।
  • परीक्षणपछि सुकुमबासी व्यवस्थापन सहज हुने र भूमि सेवा स्थानीय तहबाटै प्रभावकारी बनाउने मन्त्रालयको योजना।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण प्रक्रिया सुरु गरेको छ। सरकारी अभिलेखमा दाबी गरिएका सुकुमबासीका नाममा देशका कुनै पनि स्थानमा जग्गा भए वा नभएको यकिन गर्न उक्त प्रणाली प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार विद्युतीय प्रणालीमार्फत पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य अघि बढाइएको छ। हाल काठमाडौँ उपत्यकाभित्रका सुकुमबासीका नामावली परीक्षण भइरहेको र क्रमशः देशभरका सुकुमबासीको पहिचान गरिने तयारी रहेको उनले बताए।

प्रवक्ता भट्टले वास्तविक सुकुमबासी पहिचान भएपछि उनीहरूको व्यवस्थापन कार्य सहज हुने विश्वास व्यक्त गरे। मन्त्रालयअन्तर्गत हाल ११० मालपोत कार्यालय र २१ भूमिसुधार तथा मालपोत कार्यालय सञ्चालनमा रहेका छन्।

यसैबीच, मन्त्रालयले भूमिसम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, सीप र प्रविधिबारे जानकारी संकलन गर्न सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ। आवश्यक तयारीपछि स्थानीय तहमा तालिम, प्रशिक्षण तथा जिम्मेवारी हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ।

स्थानीय तहले भूमि प्रशासनको जिम्मेवारी सम्हाल्न सकेमा सेवा प्रवाह अझ छिटो, सहज र प्रभावकारी हुने मन्त्रालयको विश्वास छ।

यो समाचारमा

काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...