सुनको भाउ ओरालो, चाँदीमा उकालो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

18
Share
Featured

काठमाडौँ

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...