काठमाडौँ
रामचन्द्र पौडेलले शनिबार थप तीनवटा अध्यादेश जारी गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) अनुसार ती अध्यादेश जारी गरिएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी भएका अध्यादेशहरूमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
यसअघि पनि राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरिसकेका छन्। साथै सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी अध्यादेश समेत जारी भइसकेका छन्।
संसद्को अधिवेशन नबसेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका विषयहरूलाई कानुनी मान्यता दिन अध्यादेशमार्फत निर्णय अघि बढाएको बताइएको छ।
