सुकुमबासी बस्ती हटाउन हतार नगर्न पौडेलको सुझाव

Author

सजिलो पत्रिका

२०८३ वैशाख १९, शनिबार

17
Share
Featured
  • प्रदीप पौडेलले सुकुमबासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय नदिइएको भन्दै आलोचना गरे, मानवीयता अपनाउनुपर्ने बताए।
  • वास्तविक सुकुमबासीको पहिचान गरी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्रै बस्ती हटाउनुपर्नेमा जोड।
  • दुई तिहाइ नजिकको सरकारप्रति सचेत रहन र लोकतान्त्रिक मूल्य जोगाउन नेपाली कांग्रेसलाई सक्रिय भूमिका खेल्न आह्वान।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रदिप पौडेल
ले सुकुमबासी बस्ती हटाउने विषयमा पर्याप्त सूचना र समय नदिई हतारमा गरिएको भन्दै आलोचना गरेका छन्। उनले सुकुमबासी बस्ती हटाउँदा मानवीयता र व्यवहारिक पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै पूर्वतयारीबिना डोजर प्रयोग गर्नु उचित नभएको बताए।

उनले सुकुमबासी बस्तीमा वास्तविक सुकुमबासी नभई ‘हुकुमबासी’ मात्रै रहेको भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुमबासीहरूको पहिचान गरी पुनर्स्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउने प्रक्रिया अघि बढाउनुपर्ने बताए।

पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अवस्थामा कांग्रेस सांसदहरूको जिम्मेवारी अझ बढेको उल्लेख गरे। उनले दुई तिहाइ नजिकको सरकार भएको अवस्थामा संख्याको बलमा गलत निर्णय हुन सक्ने भन्दै त्यसको दृढ रूपमा प्रतिवाद गर्नुपर्ने बताए।

त्यसैगरी, उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु राज्यको मूल मर्म भएको उल्लेख गर्दै एकपक्षीय रूपमा पुनर्संरचना गर्नु उपयुक्त नहुने धारणा राखे। लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक आधारहरूलाई कमजोर पार्ने कुनै पनि कदमप्रति सचेत रहन सरकारलाई उनले आग्रह गरे।

कार्यक्रममा हिमालदत्त श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ सशक्त र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। उनले अदालत र निर्वाचन आयोगबाट पार्टीभित्रका विवाद समाधान भइसकेकाले अब आन्तरिक मतभेद अन्त्य गर्नुपर्ने बताए।

सम्मानित सांसद सन्दीप रानाले आफ्नो जितमा पार्टीका अग्रजहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै उनीहरूप्रति आभार व्यक्त गरे।

यो समाचारमा

काठमाडौँसन्दीप रानाप्रदिप पौडेलपाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...