शेखर गोल्छालाई राति अस्पताल, दिउँसो सीआईबीमा बयान, अनुसन्धान लम्बिँदै

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

27
Share
Featured

काठमाडौँ


नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई धितोपत्र कारोबारसम्बन्धी कसूरको अनुसन्धानका क्रममा प्रहरीले दिनमा बयान लिने र राति उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाएको छ।

नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधारमा दीपक भट्टसँग मिलेर धितोपत्र ऐन–२०६३ अन्तर्गतको कसूर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई १० वैशाखमा पक्राउ गरेको थियो। भट्टमाथि भने सम्पत्ति शुद्धीकरण सम्बन्धी छुट्टै अनुसन्धान जारी छ।

अनुसन्धानका क्रममा गोल्छालाई स्वास्थ्य समस्याका कारण विशेष व्यवस्थामा राखिएको छ। उनी ‘स्लिप एप्निया’ नामक रोगका कारण सी–प्याप मेसिनको सहायताबिना सुत्न नसक्ने अवस्थामा रहेको बताइन्छ। हिरासतमा सो मेसिन लैजान अनुमति नदिइएपछि उनी लगातार तीन रात सुत्न नसकेको सीआईबी स्रोतले जनाएको छ।

स्वास्थ्य अवस्था बिग्रिन सक्ने जोखिम र सुरक्षाकर्मीको व्यवस्थापनलाई ध्यानमा राख्दै उनलाई वैशाख १४ गतेदेखि राति काठमाडौँस्थित ह्याम्स अस्पतालमा सुत्ने व्यवस्था गरिएको छ। दिनमा भने लाजिम्पाटस्थित सीआईबी कार्यालयमा ल्याएर बयान लिइने गरिएको छ।

सीआईबीका अनुसार अनुसन्धानका क्रममा नयाँ तथ्यहरू खुल्दै गएकाले बयान प्रक्रिया लम्बिएको छ र आगामी दिनमा पनि सो प्रक्रिया जारी रहनेछ।

यो समाचारमा

शेखर गोल्छानेपाल धितोपत्र बोर्डनेपाल उद्योग वाणिज्य महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...